माधव नेपाल भेट्न प्रचण्ड कोटेश्वरमा

माधव नेपाल भेट्न प्रचण्ड कोटेश्वरमा

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न माधव निवास कोटेश्वर पुगेका छन्।

आज बिहान मात्रै धनुषामा रहेका अध्यक्ष प्रचण्ड धनुषाबाट फर्किए लगत्तै कोटेश्वर पुगेका हुन्। उनी धनुषाको जनकपुर पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्न पुगेका थिए।

अध्यक्ष दाहाल एमालेमा विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दै गरेको बेला कोटेश्वर पुगेका हुन् । दाहालको कोटेश्वर यात्राले एमाले एकतामा बाधा त पुग्ने होइन भन्ने अड्कल सुरु हुन थालेको छ।

एमाले ओली निकट स्रोतले भन्यो, ‘माओवादी केन्द्रका अध्यक्ष एमाले एकता भएको हेर्न चाहनुहुन्न, एमाले फूटोस् भन्ने छ, एमाले एक भए विपक्षी गठबन्धन र माओवादी केन्द्र अप्ठ्यारोमा पर्ने हुँदा आफ्नो भविष्य सुरक्षाका लागि उहाँ त्यो भूमिका खेल्दै हुनुहुन्छ।’

यता माधव पक्षका नेता र माओवादी केन्द्रका नेताहरुलाई भेटबारे थाहा नभएको बताए। भेटबारे थाहा छैन, किन भेट्नु भयो, हामीसँग सल्लाह थिएन् उनीहरुले भने।

Logo