एमाले कार्यदल बैठकः दश दिनदेखि प्रगति शुन्य रहेको कार्यदलकै सदस्यको खुलासा

एमाले कार्यदल बैठकः दश दिनदेखि प्रगति शुन्य रहेको कार्यदलकै सदस्यको खुलासा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति विगत १० दिन देखि शुन्य अवस्थामा रहेको खुलासा भएको छ। 

बिहीबार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा बार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने भनेर पत्रकारहरुलाई सकारात्मक सन्देश दिएका थिए। तर बिहीबार बेलुका बसेको बैठक औपचारिकरुपमा नबसी सकिएपछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको खुलासा गरेका हुन्। 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका बार्ता सदस्य अर्थमन्त्री बिष्णु पौडेल अनुपस्थित भएपछि विषय प्रवेश नै नगरि दुवै पक्षका नेताहरु बाहिरिएका थिए।

बाहिरिने क्रममा नेता भुसालले भने “हामी करिब १० दिनअघि जुन अवस्थामा थियौं अहिले त्यहि अवस्थामा छौं। खास प्रगति गरेका छैनौं।”

यता बार्ता समितिका अर्का सदस्य सुवास नेम्वाङले भने आज बिहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने बताए।

अर्को बैठक शुक्रबार बिहान ११ः३० बजे अर्थ मन्त्रालयमा बस्ने बताइएको छ।

Skip This
Skip This
Logo