सहमतिका लागि प्रयास गरिरहेका छौँ, सम्भवत: आजै टुंग्याउँछौँः शंकर पोखरेल

सहमतिका लागि प्रयास गरिरहेका छौँ, सम्भवत: आजै टुंग्याउँछौँः शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले विवाद निरुपण गर्न बनाएको कार्यदलका सदस्य शंकर पोखरेलले सहमतिको लागि प्रयास गरिरहेको बताएका छन्। 

ओली पक्षका नेता पोखरेलले संचारकर्मीसँग भने, ‘सहमतिका लागि प्रयास गरिरहेका छौँ, सम्भवतः आजै टुंग्याउँछौँ।’

लुम्विनी प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका पोखरेल कार्यदलका सदस्य हुन्। पोखरेल बैठकबाट निक्लिए पनि बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अहिले पनि जारी छ। आजको बैठकमा नेताहरू चार घण्टादेखिको छलफलमा छन्।

आजको बैठकमा दुवै पक्षले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिमरूप दिने कोसिस हुने नेताहरूले बताएका छन्।

त्यस्तै कार्यदलका अर्का सदस्य रघुजी पन्तले आजै सहमतिको मस्यौदा तयार पार्ने गरि बैठक बसिरहेको बताए।

नेता पन्तले भने, 'आज हामीले मस्यौदामा छलफल गर्यौं, हाम्रो राय दियौं, छलफल सकरात्मक भएको छ, आजै हामी त्यसलाई पूर्णतमा पुर्याउने गरि सहमगि गर्छौं । कार्यदलले तयार पारेको मस्यौदालाई पूर्णता दिने वा थपघट गर्ने अधिकार उहाँहरुलाई छ। यो कार्यान्वयनमा जाँदा दुई नेताहरुको सहमति भएपछि मात्र जान्छ। तर यति हुँदा हुँदै पनि दुबै नेताले स्वीकार गर्ने, तमाम कार्यकर्ताले विश्वास गर्ने गरि मस्यौदा तयार पार्न हामी लागिरहेका छौं।'

Logo