बाढी आएको २६ दिनपछि प्रधानमन्त्री ओली पुगे हेलम्बु क्षेत्रमा

बाढी आएको २६ दिनपछि प्रधानमन्त्री ओली पुगे हेलम्बु क्षेत्रमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन्।

प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने बताइएको छ। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन्। उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन्। मनसुन सुरु भएसँगै असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिरोबाट जनधनको व्यापक क्षति भएको थियो। बाढी आएको २६ दिन पछि उनी आज त्यहाँको अवस्था बुझ्न गएका हुन्।

Skip This
Skip This
Logo