संसद् पुनर्स्थापनाको माग गर्दै नेविसंघ नेपाल कमर्स क्याम्पसद्वारा सरकारविरुद्ध प्रदर्शन

संसद् पुनर्स्थापनाको माग गर्दै नेविसंघ नेपाल कमर्स क्याम्पसद्वारा सरकारविरुद्ध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

संसद् विघटनको असंवैधानिक कदमको विरोध गर्दै आज नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको छ। 

नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सिनाको नेतृत्वमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा चर्को नारावाजी समेत गरेका थिए। 

उनीहरुले पछिल्लो समय दिनप्रतिदिन पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन्। संसद् विघटन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध निषेधाज्ञा खुकुलो भएसँगै विपक्षी दलका पाँच विद्यार्थी संगठन पनि सडक संघर्षमै छन्।

Logo