एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

कार्यदलले गरेको सहमति अनुमोदनका लागि बैठक आज ४ बजेका लागि बोलाइएको थियो तर, कार्यदल सहमतिमा नपुगेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। 

कार्यदलमा अधिकांश विषयमा सहमति जुटे पनि केही विषय मिल्न बाँकी रहेको नेताहरुले बताएका छन्। आज बोलाइएको बैठकमा माधव नेपाल समूहका सदस्यहरु नगएपछि स्थगित गरिएको हो।

गएको हप्ता सोमबारदेखि कार्यदलको बैठक बस्दै आएपनि आजसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन।

Logo