निर्वाचन आयोगद्वारा माओवादी केन्द्र वैधानिक दल भएको ठहर (भिडियोसहित)

निर्वाचन आयोगद्वारा माओवादी केन्द्र वैधानिक दल भएको ठहर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदन खारेज भएको छ। माओवादी पार्टी अवैधानिक भएको भन्दै केही दिनअघि निर्वाचन आयोगमा निवेदन परेको थियो। माओवादी केन्द्र छोडेर नेकपा एमालेमा गएका नेता रामबहादुर थापा, प्रभु साह, टोपबहादुर रायमाझीलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराएपनि आइतबार उक्त निवेदन र मागदावी खारेज गरिएको हो। 

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । चार बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको थियो । तर एकता जोगाउन गठित कार्यदलको बैठक लम्बिएपछि स्थायी कमिटी बैठक सोमबार साँझ बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। यसैबीच एमाले उपाध्यक्ष बामदेव गौतमले सर्बोच्चको फैसलापछि मात्र एमाले विवाद निरुपण हुने बताएका छन्। 

जेठ अन्तिममा ऐतिहासिक उच्च कारोबारको रेकर्डपछि लगातार ओरालो लाग्दै गएको शेयर बजारमा साताको पहिलो दिन आइतबार वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ७३.३३ अंकले बढेको हो। विशेष गरेर मौद्रिक नीति शेयर बजारप्रति नकारात्मक नहुने विश्वास, बैंक किस्ताको दबाव हटेको, सत्तामा  रहेको राजनीतिकदलको आन्तरिक अन्तरद्वन्द्वको सकारात्मक अवतरण लगायत मुख्यकारणले लगानीकर्ताको मनोबल बलियो बन्दा सेयर बजार उकालो लागेको शेयर विश्षलेशक हरुको भनाइ छ।

ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्ष अन्तर्राष्ट्रिय उपाधी जितेको हो। अर्जेन्टिनाका लागि यो १५ औं कोपा अमेरिका उपाधि हो। आइतबार बिहान भएको फाइनल खेलमा आयोजक ब्राजिललाई पराजित गर्दै उपाधि जित्दा आफ्नो देशका लागि उपाधिविहिन लियोनल मेस्सीको राष्ट्रिय खेल जीवन पनि सार्थक भएको छ। यस्तै आज राति युरोकप उपाधिका लागि आज राती इटाली र इङ्ल्याण्ड भिड्दैछन्। १६ औं संस्करणको युरोकप फुटबलको उपाधिका लागि यी दुई टिमको प्रतिस्पर्धा निकै रोमान्चक हुने अनुमान गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन्। बालुवाटारमा आइतबार थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गरेपछि बोल्दै प्रधानमन्त्री ओलीले साफ फुटबल नेपालमा हुने बताएका हुन्। प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई साफ आयोजनाको तयारी अघि बढाउनसमेत निर्देशन दिएका हुन्। आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेश गरेको छ।

Skip This
Skip This
Logo