नेकपा (एमाले) को विवाद समाधान कार्यदलमा सहमति जुटेको छ। केहीबेरअघि सकिएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए।
आज सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो।
गएको सोमबारदेखि ब्युँतिएको एमाले कार्यदल निरन्तर बैठकमा थियो।
यस अघि विवाद समस्या समाधान गर्दै कार्यदलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने बताएको थियो। आज बिहान आठ बजेदेखि बसेको बैठक राति निष्कर्षमा पुगेको हो।
पावर सेयरिङ लगायत विषयमा वरिष्ठ नेता माधव नेपालले आफ्नो अडान नछोडेका कारण कार्यदल निर्णयमा पुग्न सकेको थिएन।
यस्तो छ आज भएको सहमतिः






























प्रतिक्रिया