विपक्षी दलकाे अवरुद्धपछि प्रदेश नं २ काे बैठक पुनः अवरूद्ध

विपक्षी दलकाे अवरुद्धपछि प्रदेश नं २ काे बैठक पुनः अवरूद्ध

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं २ को आइतबार बसेको प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेट मन्त्रीमुखी भएको जनाउँदै सदस्यहरुले बसेको छैटाैं अधिवेशनको १३ औं बैठक अवरुद्ध गरेका हुन्।

रेडबुक संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने भनी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का सदस्यले अडान राखेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो। एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले बजेट सन्तुलित नभएको आरोप लगाए। माओवादी केन्द्रका दिलीप साहले प्रदेश सरकारको बजेट विकासका लागि नभएर स्वार्थ पूरा गर्न ल्याएको आरोप लगाए। 

विपक्षी दलका सदस्य उभिएर प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले बैठक एक घण्टाका लागि स्थगन गरे पनि  चल्न सकेन। प्रदेशसभा बैठकमा मन्त्रालयलगायत बजेटमा छलफल गर्ने कार्यसूची थियो।

Skip This
Skip This
Logo