सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजका लागि पेसी तोकेको छ। पक्ष विपक्ष तथा एमिकस क्युरीको रायसमेत सुनेपछि असार २१ गते सर्वोच्च अदालतले रिटलाई हेर्दा हेर्दैमा राखेर आजका लागि पेसी तोकेको थियो । सम्भवतः सर्वोच्चले रिटमाथि आजै फैसला गर्नेछ ।
यस अघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म रिटको निरन्तर सुनुवाइ भएको थियो।
निरन्तर सुनुवाइ सकिएपछि न्यायाधीशबीच आवश्यक परामर्श र अन्तिम आदेश तयारीका लागि एक साताको समय राखेर हेर्दा हेर्दैमा पेसी तोकिएको थियो ।
निरन्तर सुनुवाइका क्रममा निवेदक पक्षले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेको छ। यस्तै विपक्षीले भने विघटन संवैधानिक दायित्व पूरा गरेकाले बदर हुनु नपर्ने जिकिर गरेको छ । साथै अदालतले कुनै पनि अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन नमिल्ने तर्क पनि विपक्षीको छ ।
यतिबेला सबैकाे ध्यान सर्वाेच्चतिर पुगेकाे छ।





























प्रतिक्रिया