सर्वाेच्चले संसद् पुनःस्थापना गरेर विधिको शासनलाई बचायोः देउवा

सर्वाेच्चले संसद् पुनःस्थापना गरेर विधिको शासनलाई बचायोः देउवा

केन्द्रबिन्दु
0
Shares

सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेर विधिको शासनलाई बचाएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। 

सोमबार सर्वोच्चको फैसाला पश्चात् एक विज्ञप्ति निकाल्दै निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको बताएका छन् ।

सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागतसमेत गरेका छन्। त्यस्तै उनले फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन्। 

देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको पनि बताएका छन्। उनले कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रहसमेत गरेका छन्।

Logo