प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
आज दिउँसो २ बजे उनले सम्बोधन गर्ने बताइएको छ। आजै बालुवाटार छोड्ने तयारीमा रहेका ओलीले त्यस अघि सम्बोधन गर्न लागेका हुन्।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो। त्यस लगत्तै ओली सरकार पनि स्वतः विघटन भएको छ।





























प्रतिक्रिया