गृहमन्त्री खाँणले सम्हाले मन्त्रालयको कार्यभार

गृहमन्त्री खाँणले सम्हाले मन्त्रालयको कार्यभार

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन्।

मंगलबार साँझ शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका उनले बुधबार मात्र मन्त्रीको कार्यभार सम्हालेका हुन्। 

पदभारग्रहणसँगै सञ्चारकर्मीहरूलार्य संक्षिप्त प्रतिक्रया दिँदै मन्त्री खाँडले अघिल्लो सरकारले ल्याइसकेको बजेटबारे प्रतिक्रिया दिएका छन्। उनले बजेट संसदबाटै आउनु पर्ने धारणा रहेकाले अब, उक्त बजेटबारे विज्ञहरूसँग सल्लाह गर्ने र त्यसको सीमा के छ, कानूनी प्रक्रिया के छ, संवैधानिक प्रक्रिया के छ त्यसलाई ध्यानमा राखेर निर्णय गर्ने प्रतिक्रिया दिएका छन्।

यस्तै आजै ऊर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले पनि पदभार ग्रहण गरेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गरेका थिए।
 

Logo