आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको स्रोतले जनाएको छ ।
बिहीबार नै बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताले आजको लागि सारिएको थियो । बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव पदाधिकारी र पूर्वपदाधिकारीमा लैजाने तयारी गरिएको बताइएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएकोमा कार्यतालिका फेरि हेरफेर गर्न लागिएको बुझिएको छ ।































प्रतिक्रिया