नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर खातीले देशकै अभिभावक राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी गराउने शपथ ग्रहणको कार्य नमिलेको बताएका छन्।
पदभार ग्रहणपछि महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको बताए। “शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो” उनले भने। नेपाल सरकारको कानूनी सल्लाहकारको रुपमा राष्ट्रपति ज्यू समक्ष सम्माननीय प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनुपर्छ,तर राष्ट्रपति कार्यालयले त्यसो गरेन। जसले शपथ गराउँछ त्यसले म्यानेज गराउँँछ भन्ने दृष्टिकोणले शपथ गराइएको महान्यायाधिवक्ता खातीले बताए।
यस्तै महान्याधीवक्ता खातीले आफूमाथि ठूला चुनौतीसँगै अवसर पनि रहेकोले जतिसक्दो छिटो सेवाग्राहीका समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए। महान्यायाधिवक्ताले प्रधानमन्त्रीलाई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानूनी सल्लाह दिन सक्ने बताउँदै कस्तो किसिमको कानून बनाउँदा राज्यलाई सहज हुन्छ र सरलरुपमा जनताले त्यसलाई उपयोग गर्न पाउँछन् भन्ने विषयमा काम गर्ने बताए।





























प्रतिक्रिया