कार्यलदल खारेज भए पनि फेरि एमाले एकताको प्रयास : सिंहदरबारमा वार्ता जारी

कार्यलदल खारेज भए पनि फेरि एमाले एकताको प्रयास : सिंहदरबारमा वार्ता जारी

केन्द्रबिन्दु
0
Shares

एमाले विवाद समाधानसम्बन्धी कार्यादलका पूर्वसदस्यहरू र थप केही नेताहरू एकताका लागि फेरि सक्रिय छन् ।

शीर्षनेताहरूमा आएको तिक्तताले पार्टी विभाजन उन्मुख भएको बेला उनीहरु फेरि एकताका लागि तातिएका हुन् । 

अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधकुमार नेपालका तर्फबाट भीम आचार्यसहित ७ जना नेताहरूबीच छलफल चलिरहेकाे एमाले स्राेतले जनाएकाे छ । 

प्रधानमन्त्रीबाट बाहिरिएपछि ओलीले नेपाललाई ‘लाल गद्दार’को आरोप लगाउँदै उनका लागि अब एमालेमा ठाउँ नरहेको घोषणा गरेका थिए।

Skip This
Skip This
Logo