नेकपा एमालेका उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले पार्टीको निर्णयलाई मानेर विश्वासको मत प्रधानमन्त्री शेरबहादुर देउवालाई दिन नहुने बताएका छन्।
विपक्षी दलका नेता प्रधानमन्त्री भएको र उनलाई मत दिनु राम्रो नहुने बताए। तर, सर्वोच्च अदालतको फैसलाअनुसार विश्वासको मत दिन/नदिन सांसदहरू स्वतन्त्र भएको बताए।
उनले आफू प्रतिनिधिसभा सदस्य भए विश्वासको मतको विपक्षमा रहने उल्लेख गरे।
संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग बोल्दै उनले अर्का उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनु उनको स्वविवेकीय अधिकार भएको बताए।
यद्यपि, राजीनामा नदिइकन विश्वासको मत दिने वा नदिने पक्षमा उपाध्यक्ष रावल लागेको भए उत्तम हुने बताए।































प्रतिक्रिया