जनता समाजवादी पार्टी पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा दुईतिर विभाजित भएको छ।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष सत्ता पक्षको लहरमा बसेका छन्।
जसपाका ३२ जना संसद् रहेका छन्। ३२ जना मध्ये १७ सांसद उपेन्द्र पक्षको संसदीय दलको बैकमा उपस्थित भएका थिए। नेकपा एमालेका सबै सांसद भने प्रतिपक्षकै लहरमा बसेका छन् भने जनमोर्चाकी सांसद् दुर्गा पौडेल प्रतिपक्षमा बसेकी छन्।































प्रतिक्रिया