प्रतिनिधिसभाको अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख

प्रतिनिधिसभाको अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले भने-‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ । प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ ।’

प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त भएको भन्दै उनले यसलाई गतिशील, जीवन्त र जनमुखी बनाउने थपिएको बताएका छन् । 

Logo