नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन्।
प्रधानमन्त्री नियुक्त भएपछि बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेपछि पार्टीभित्र र बाहिर पनि आलोचना भएको थियो। त्यसपछि थापाले बालुवाटारमा बैठक नराख्न आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं,’ थापाले भने, ‘उहाँले पार्टी कार्यालय सानेपामा धर्ना भएको कारण यसपटक बालुवाटारमा बैठक राख्नु परेको हो भन्नुभएको छ। जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ।’
उनले थपे-'प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।'





























प्रतिक्रिया