एमालेको १०औं केन्द्रीय कमिटी बैठक जारी

एमालेको १०औं केन्द्रीय कमिटी बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो।

पार्टी एकता जोगाउने गरि दश बुँदे सहमति भएपछि बसेको पहिलो बैठकलाई दशौं भनिएको हो।

पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठक सुरु भएको जानकारी दिए। तामाङले बैठकमा माधवकुमार नेपाल पक्षका सांसद भने उपस्थित नरहेको बताए गरे।

बैठकले ३ साउनमा पार्टीको ह्वीप विपरित फ्लोरक्रस गर्ने एमालेका २२ सांसदको हकमा महत्वपूर्ण निर्णय गर्ने पनि तामाङले बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा ३ साउनमा एमालेका २२ सांसदले फ्लोरक्रस गरेका थिए।

जसमा ओली पक्ष दाबी गर्ने ८ जनाले पनि फ्लोरक्रस गरे।

Logo