नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक पुष्पलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी छ।
आजको बैठक हिजोकै निरन्तरता हो। एमालेले ४–५ साउनमा केन्द्रीय कमिटी बैठक राखेको हो। आजको बैठकमा नौ वटा एजेन्डामा छलफल हुँदैछ।
मुख्यतः कार्यदलले तयार गरेको दशबँुदे साझा प्रस्ताव, सर्वोच्च अदालतको २८ असारको फैसला, केपी ओली नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामहरुको ब्रिफिङ, पार्टीको आगामी कार्ययोजना, पार्टी सुदृढीकरण र शुद्धिकरण अभियान लगायतका विषयमा छलफल हुने पार्टीका सचेतक विशाल भट्टराईले जनाएका छन्।
आजैको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्नेहरुलाई कस्तो कारवाही गर्ने भन्ने पनि निर्णय गर्नेछ।





























प्रतिक्रिया