राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधामा राप्रपाले संसदमा समर्थन वा विरोध गर्ने जनाएका छन्।
‘राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनु पर्छ भन्ने मान्यता राख्दछ । तर राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन,’ राप्रपा अध्यक्ष लोहनीले बुधबार भने।
‘यही मान्यता अनुरुप संसदमा विश्वासको मतदान हुँदा राप्रपा तटस्थ रह्यो,’ लोहनीले ट्वीट गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वास मत प्रमाणित गर्ने समय राप्रपा तटस्थ बस्नुको नीति प्रष्ट पारे।
अध्यक्ष लोहनीले बताए अनुसार, ‘कुनै दलप्रति पनि आग्रह या पूर्वाग्रह नराखेर राप्रपाले संसदमा गुण–दोषको आधारमा समर्थन या विरोध गर्नेछ।’





























प्रतिक्रिया