दल फुटाएर भए पनि माधव पक्ष सरकारमा जाने!

दल फुटाएर भए पनि माधव पक्ष सरकारमा जाने!

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले माधवकुमार नेपाल पक्ष पार्टी फुटाएर भए पनि सरकारमा जाने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमाले माधव पक्ष सामेल हुने भएको हो।

नेपाल पक्षलाई आठ मन्त्रालय दिने र मन्त्रालय नपुगे अन्य मन्त्रालय फूटाएर भए पनि दिने कांग्रेस–माओवादीको तयारी छ।

तथापि, नेपाल पक्ष पार्टी नफूटाई सरकारमा सामेल हुनसक्ने अवस्थामा भने छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको लिँदा मात्रै सर्वोच्च अदालतले सांसद स्वतन्त्र हुन पाउने व्याख्या गरिदिएको हो।

सांसदले जता मतदान गरे पनि उनीहरुलाई पार्टीले कारबाही गर्न नमिल्ने निर्देशन सर्वोच्चले दिएको हो।

तर, विश्वासको मत दिनबाहेक अन्य अवस्थामा भने पार्टीको ह्वीप लाग्छ। नेपाल पक्षले पार्टी एक रहेकै अवस्थामा सरकारमा सहभागी भए कारबाही हुनुका साथै  सांसद पदसमेत जान सक्छ।

प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी कानुन पास गराएर भए पनि नेपाल पक्षलाई एमालेबाट अलग्याउने तयारी गरिरहेका स्रोतको दाबी छ। त्यसका लागि सरकारले संसद्मा बहुमतले उक्त कानुन पारित गर्नुपर्छ।

यता, नेपाल पक्ष एक नेताले भने ढिलो चाँडो आफूहरू सरकारमा जाने जानकारी दिएका छन्। उनले भने, ‘पार्टी मिल्ने ठाउँ छैन, दल विभाजन गरेर भए पनि सरकारमा सहभागी बन्छौं।’

पछिल्लो समय एमालेमा चरम असन्तुष्टि बढ्दै गएपछि पार्टी फुट्नसक्ने आँकलन गर्न थालिएको छ।

Skip This
Skip This
Logo