गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैनः कमल थापा

गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैनः कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन्।

शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरित धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताए। आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गरे।

काङ्ग्रेस र कम्युनिस्टबीच बैचारिक, चरित्रगत, नितिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले काङ्ग्रेस कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने बिचार ब्यक्त गरे। आन्तरिक विग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा काङ्ग्रेस कम्युनिस्टकै बैचारिक लाइनमा हिँडेकोले मुलुकले बैकल्पिक शक्ति खोजिरहेको थापाको कथन थियो। 

नयाँ सरकारप्रति विश्वासको वातावरण नभएको जनतामा चरम वितृष्णा र असन्तोष भएको उनको भनाइ थियो। 

महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान संचालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाइ निर्देशन दिए। सो अवसरमा पार्टी कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य नवराज विष्ट, जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा, सचिव सागर थापा लगायतले बोलेका थिए।

Skip This
Skip This
Logo