अब बालुवाटारमा हुँदैन कांग्रेस बैठक

अब बालुवाटारमा हुँदैन कांग्रेस बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको औपचारिक बैठकहरू नराख्ने भएको छ।

पार्टीको बैठकहरू सरकारी निवासमा राख्न उपयुक्त नहुने निष्कर्षका आधारमा आगामी दिनमा बैठक नराख्ने भएको महामन्त्री पूर्णबहादुर खड्काले बताए। विगतमा सरकारी निवास बालुवाटारमा बैठक राख्ने गलत परम्परा रहेको र त्यसलाई तोडिएको बताए।

‘सरकारी निवासमा पार्टीको बैठकहरू गर्नु उपयुक्त होइन। विगतमा गलत परम्परा थियो। त्यो तोड्नुपर्छ भन्ने हो’ महामन्त्री खड्काको भनाइ छ।

यससँगै शुक्रबार बिहानका लागि बोलाएको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको छ।

यसअघि पार्टीको पदाधिकारी बैठक बालुवाटारमा राखेपछि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको आलोचना भएको थियो।

Skip This
Skip This
Logo