ओलीलाई आफ्नै सांसदको पार्टी जिम्मेवारी थाहा नभएपछि …

ओलीलाई आफ्नै सांसदको पार्टी जिम्मेवारी थाहा नभएपछि …

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले ४ साउनमा २२ सांसदलाई स्पष्टीकरण पत्र पेश गर्न निर्देशन दिए।

२२ मध्येका एक जना सांसद भवानीप्रसाद खापुङ पनि हुन्। उनलाई पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ:– 

श्री भवानी प्रसाद खापुङ,
प्रतिनिधि सभा सदस्य,
प्रदेश कमिटी सदस्य प्रदेश नं. १,
नेपाल कम्युनिस्ट पार्टी एमाले।

चलानी नम्बर ०५/०७८/७९ को पत्रमा उल्लेखित सांसद खापुङ भने एमालेको प्रदेश कमिटी सदस्य होइनन्।

तर, अध्यक्ष ओलीले पार्टीको १ नम्बर प्रदेश कमिटी सदस्य उल्लेख गरेपछि सांसद खापुङले बिहीबार स्पष्टीकरण पत्र लेख्दै अध्यक्ष नै पार्टी पदबारे अनविज्ञ रहेको बताएका छन्। जसले आफू आश्चर्यचकित भएको बताए।

सांसद खापुङले लेखेको स्पष्टीकरणको अन्तिममा छ, ‘नेकपा एमाले) को नवौं राष्ट्रिय महाधिवेशन पश्चात म पार्टीको कुनै पनि कमिटीमा नरहेकोमा मलाई प्रेसित पत्रमा प्रदेश कमिटी सदस्य, प्रदेश १ लेखिएको रहेछ। मेरो कमिटीबारे स्वयम् पार्टी अध्यक्ष नै अनविज्ञ रहेको पाउँदा आश्चर्यचकित छु।’

सांसद खापुङले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। 

Logo