स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालय किन रित्तो?: सुवास नेम्वाङ

स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालय किन रित्तो?: सुवास नेम्वाङ


नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकार गठनको दश दिन बित्दा पनि किन सरकारले पूर्णता पाएन भन्दै प्रश्न उठाएका छन्।

उनले प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिदै स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालय किन रित्तो रहेको भन्दै छिटो सरकारलाई पूर्णता दिन आग्रहसमेत गरेका छन्।

‘के कारणले त्यो ढिलाई भएको हो, कोभिडको महामारी तीब्र बन्दै गर्दा पनि मन्त्रालयमा मन्त्री नहुनु दुःखद् कुरा हो,’ उनले भने।

उनले संविधानले तोके भन्दा बढी मन्त्रालय विस्तार नगर्न पनि सुझाएका छन्। 

‘हाम्रो संविधानमै हामीले २५ वटा मात्रै मन्त्रालय रहने लेखेका छौं, जस्तोसुकै जटिलता भएपनि त्यतिले नै सरकार संचालन गरिनु पर्छ, मलाई आशा छ सरकारले संविधान मान्छ’ उनले भने। 

Logo