एमसीसीको बखेडा झिकेर गठबन्धन भाँड्न खोजिदैछः प्रचण्ड

एमसीसीको बखेडा झिकेर गठबन्धन भाँड्न खोजिदैछः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना एमसीसीको कुरा छिराएर गठबन्धन भाँड्न खोजिएको आरोप लगाएका छन्। ‘एमसीसीको कुरा लगाईदिएर उनीहरुको गठबन्धन भाँड्न सकिन्छ कि, भनेर प्रतिक्रियावादी लागिरहेका छन्,’प्रचण्डले भने।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस र कम्युनिष्टको गठबन्धन भाँड्न खोजिएको बताएका हुन्।

‘कांग्रेस र कम्युनिष्ट भनेर भत्काउन पनि खोजिँदैछ,’ उनले भने, ‘तपाईंहरूले देखिरहनु भएकै छ, फर्मानका फर्मान घोषणा भएका छन् एमालेभित्र। अनेक प्वाल खोजेर हान्न खोजिँदैछ।’ 

प्रचण्डले एमाले उपाध्यक्ष भीम रावलको राजीनामाको प्रसंग पनि निकालेका छन्। ‘यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरू नपत्याउँदो किसिमले ढल्दिनु भयो,’ यीनले भने, ‘राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरू पनि ढले। त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरू भएका छन्।’

Skip This
Skip This
Logo