कांग्रेस महाधिवेशन प्रभावित: वडा अधिवेशन सर्‍यो, केन्द्रको भने यथावत

कांग्रेस महाधिवेशन प्रभावित: वडा अधिवेशन सर्‍यो, केन्द्रको भने यथावत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको तल्लो तहको सबै अधिवेशन स्थगित भएको छ। साउन १२ गतेका लागि तोकिएको वडासहित तत्लो तहका अधिवेशन कांग्रेसको शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो।

‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने निर्णय पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अब कहिले गर्ने भन्नेमा निर्णय छिट्टै हुन्छ।’

यद्यपी कांग्रेसको केन्द्रीय महाधिवेशनको तालिका भने यथावत रहेको उनले बताए। ‘महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय भएको छैन,’ प्रवक्ता शर्माले भने, ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन, अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ।’

जिल्ला जिल्लामा कोरोनाको कहर र कांग्रेसको आफ्नै तयारी नपुग रहेको हुँदा कांग्रेसले उक्त निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए। वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित बनेको छ।

कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको थियो।

त्यस्तै केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए।

‘शनिबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले तत्लो तहको अधिवेशन सार्ने निर्णय गर्यो’–नेता सिंहले भने। बैठकमा सभापति देउवाले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनको सम्बोधन गर्न निर्देशन दिएका छन्। 

उनले शनिबार साँझसम्म धर्नामा बसेका नेता कार्यकर्ताको विषयगत माग सम्बोधन गर्न निर्देशन दिएका हुन्।

देउवाले सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. रामशरण महतलाई धर्नामा बसेकाहरुसँग वार्ता गर्ने जिम्मेवारी दिएका छन्।

Skip This
Skip This
Logo