नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले ब्युँताइएको युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन्।
शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताए।
पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन भएको पनि बताए। ‘युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहान्छन् भने त्यसलाई ठेगान लगाउने संगठन हो,’ उनले भने, ‘ हामी कानुनी शासनलाई मान्छौं। कानुन हातमा लिँदैनौं।’
महासचिव पोखरेलले एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन आह्वान गर्दै युवासंघ नेपाललाई अभिभावकका रुपमा मानेर अघि बढ्न निर्देशन दिए।
‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ,’ पोखरेलले निर्देशन दिँदै भने, ‘युथ फोर्सले भ्रष्टाचारविरुद्ध अभियान चलाउनु पर्छ।’





























प्रतिक्रिया