नेकपा एमाले गुण्डावादी दल नभएको अध्यक्ष केपी ओलीले बताएका छन्। उनले एमाले परिपक्व दल भएको पनि बताए। त्यही भएर देशको मुहार फेर्ने अभिभारा एमालेले बोकेको उनको भनाइ छ।
अनेमसंघको बैठकमा बोल्दै उनले देश बनाउने अभिभारा बोकेको एमालेको बदनाम गर्न ३ करोडमध्ये केही दर्जन मानिसहरू लागेको बताए।
उनका अनुसार केही दर्जनले बदनाम गरे पनि सबभन्दा बढी जनसंख्या एमाले र केपी ओलीको साथमा रहेको दाबी गरे।
उनले एमाले राष्ट्रव्यापी मात्रै नभइ विश्वव्यापी रहेको र मानवतावादीसँगै धर्तीवादीसमेत भएको बताए।





























प्रतिक्रिया