जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन्।
विवाद निरुपण गर्न निर्वाचन आयोगमा सनाखत गर्न पुगेका चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन्।
संचारकर्मीहरुसँग कुरा गर्दै उनले आफू तटस्थ बस्ने जानकारी दिए। उनले दुबै अध्यक्षलाई भेटेर १०२ नम्बर कोठामा गएर तटस्थमा सनाखत गरेका थिए।
यो हाम्रो पार्टीको आन्तरिक समस्या रहेको र आफू जसपाबाट निर्वाचित भएको हुँदा कुनै पक्षमा जान मन लागेन्, मेरो निष्ठाले जसपा नै पक्ष जसपा नै विपक्ष भन्दै पार्टीमा तटस्थ बस्ने निर्णय गरेको चौधरीले बताए।
योसँगै जसपा आधिकारिकता सम्बन्धी सनाखत सकिएको छ। जसमा ठाकुरको पक्षमा १६ जना यादवको पक्षमा ३४ जना र एक जना तटस्थ रहेका छन्।





























प्रतिक्रिया