जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी विभाजनलाई दुर्भाग्यपूर्णको संज्ञा दिएका छन्। निर्वाचन आयोगमा कार्यकारिणी समिति सदस्यको हेड काउन्ट सकिएपछि बाहिरिने क्रममा उनले यस्तो बताए।
संचारकर्मीहरुले तपाईंहरुको पार्टी त गयो त? भन्ने प्रश्नमा महतोले पार्टी जनताको मतले बन्ने प्रतिक्रिया दिए।
त्यस्तै महतोले आफूहरु अल्पमतमा परे पनि केही फरक नपर्ने बताएका छन्।
‘दल कतै गएको होइन, जनताबाट निर्वाचित हुने कुरा हो, ५१ जनाको मात्रै पार्टी होइन’, उनले भने, ‘एक सालमै यो अवस्था आउला भनेर कल्पना गरेकै थिएन। अब हामी जनतामै जाने हो। दलसम्बन्धी, जनमतसम्बन्धी सबै निर्णय भएको छ।
जनतालाई न्याय दिन हामीले एकता गरेका थियौँ। तर प्राविधिक विभाजन दुर्भाग्यपूर्ण हो।’
त्यस्तै महतो ले अब आफूहरु वैकल्पिक शक्ति निर्माणमा जुट्ने पनि बताए। ‘जनता वैकल्पिक शक्ति निर्माणमा अघि बढ्छ। अब बहुल राष्ट्रिय राज्य बनाउन सक्नु पर्छ। यो अभियान हामीले चलाउने हो’, उनले भने, ‘देशको शासन र संविधान सबै नेपालीका लागि चाहिन्छ। हामी विचलित हुने छैनौँ । हाम्रा लागि ओली या देउवा बराबरी हुन्। हामीले भनिरहेका छौँ, प्रतिगामी संविधान बनाएकै हो। त्यसैले हाम्रो लडाइँ रोकिँदैन।’































प्रतिक्रिया