निजी अस्पताल सञ्चालकलाई मन्त्री बनाएको भन्दै माइतीघरमा नागरिक आन्दोलनको विरोध

निजी अस्पताल सञ्चालकलाई मन्त्री बनाएको भन्दै माइतीघरमा नागरिक आन्दोलनको विरोध

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा निजी अस्पताल सञ्चालकलाई नियुक्ति गरेको भन्दै बृहत् नागरिक आन्दोलनले विरोधस्वरुप माइतीघरमा प्रदर्शन गरेकाे छ।

माइतीघर मण्डलामा बृहत् नागरिक आन्दोलनका अगुवाहरुले कोभिड प्राथमिकता बहाना भष्ट्राचार गर्ने चाहना, भिसीको कुर्सीको दाम ७ करोड लगायत लेखिएका प्लेकार्डसहित  प्रदर्शन गरेका हुन्।

आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा हात्तीवनस्थित लिटिल एन्जल्स एजुकेसन ग्रुपका सञ्चालक तथा निजी अस्पतालका लगानीकर्ता उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए। श्रेष्ठ उच्च माध्यमिक विद्यालय संघ नेपाल(हिसान)का संस्थापक अध्यक्ष र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का पूर्व अध्यक्षसमेत रहेका थिए। जनमैत्री, महेन्द्र नारायण निधी लगायत अन्य अस्पतालका साथै जलविद्युत, पर्यटन, हाेटलसमेत लगानी रहेको छ।

Logo