जसपा औपचारिकरुपमा उपेन्द्र यादव पक्षलाई, कसले कता मत हाले? (सूचीसहित)

जसपा औपचारिकरुपमा उपेन्द्र यादव पक्षलाई, कसले कता मत हाले? (सूचीसहित)


जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ। 

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले एक साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो। 

जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो। उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए। एकजना सदस्य रेशम चौधरी तटस्थ बसेका थिए। 

राजनीतिक दल विभाजनसम्बन्धी कानुन अनुसार आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई नागरिकता र मतदाता परिचयपत्रसहित बोलाएर सनाखत गराएको थियो। 

उक्त सनाखतमा यादव पक्षमा करिब दुईतिहाइ बहुमत पुगेको हो। यता जसपाको ठाकुर समूह भने ४० प्रतिशत सांसद र कार्यकारिणी सदस्य जुटाउन नसक्दा पार्टीभित्र अल्पमतमा परेको छ।

दल विभाजनका लागि केन्द्रीय समिति र दल दुवैमा ४० प्रतिशत मत आवश्यक हुन्छ। अब ठाकुर पक्षसँग यादव नेतृत्वमा रहने वा अर्को दल गठन गर्ने भन्ने बाटो मात्रै बाँकी छ।

जसपाका कुन नेता कसको पक्षमा?

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। 

निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको थियो। आयोगमा उपेन्द्र–बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरेका थिए।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ। जसमा १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका छन् भने रेशम चौधरी तटस्थ बसेका छन्।

उपेन्द्र–बाबुराम पक्ष
१. उपेन्द्र यादव 
२. डा. बाबुराम भट्टराई
३. अशोक राई 
४. महेन्द्रराय यादव 
५. राजकिशोर यादव 
६. गोविन्द चौधरी 
७. मृगेन्द्रकुमारसिंह यादव 
८. नवलकिशोर साह 
९. अमृतादेवी अग्रहरि 
१०. रामनरेश राय यादव 
११. राजेन्द्रप्रसाद श्रेष्ठ 
१२. नवराज सुवेदी 
१३. परशुराम खापुङ 
१४. युवराज कार्की 
१५. रकम चेम्जोङ 
१६.रेणुकमारी यादव 
१७. मो.लालबाबु राउत 
१८. हिसिला यमी 
१९. हेमराज राई 
२०. गंगानारायण श्रेष्ठ 
२१. रणध्वज कन्दङ्वा 
२२. रामसहायप्रसाद यादव 
२३. डम्मरुबल्लभ खतिवडा 
२४. प्रकाश अधिकारी 
२५. मो. इस्तियाक राई 
२६. दुर्गा सोब 
२७. परशुराम बस्नेत 
२८. प्रशान्त सिंह 
२९. भक्तबहादुर शाह 
३०. सुशीला श्रेष्ठ 
३१. विजयकुमार यादव 
३२. रमेशप्रसाद यादव 
३३. गजाधर रोहिता यादव 
३४. मनीषकुमार सुमन 

महन्थ ठाकुर पक्ष 
१. महन्थ ठाकुर 
२.राजेन्द्र महतो 
३ .शरदसिंह भण्डारी 
४ .अनिलकुमार झा 
५. सर्वेन्द्रनाथ शुक्ल 
६. वृषेशचन्द्र लाल 
७. जितेन्द्रप्रसाद सोनार 
८. उमाकान्त झा 
९. चन्दा चौधरी 
१०. लक्ष्मणलाल कर्ण 
११. राजकुमार लेखी 
१२. केशवकुमार झा 
१३. अकवाल अहमद साह 
१४. दानबहादुर विश्वकर्मा 
१५. सुनीलकुमार झा
१६. निर्जला राउत 

तटस्थ
रेशम चौधरी

Logo