गठबन्धन सरकारमा पठाउने थप मन्त्री माओवादी केन्द्रले टुङ्ग्याउन लागेको छ।
आकाङ्क्षीहरू धेरै भएपछि छनोटमा सकस परेको माओवादी केन्द्रबाट चार सांसद मन्त्री बन्ने करिब निश्चित भएको छ।
ती सांसदहरू देबेन्द्र पौडेल, सुरेशकुमार राई ‘हिमाल’, सन्तकुमार थारु र पार्वती विशुङ्खे हुन्।
पौडेल, राई र थारु यसअघि मन्त्री बनेका छैनन्। विशुङ्खे चाहिँ राज्यमन्त्री भइसकेकी छिन्।
मधेसबाट पनि एकजना सांसदलाई मन्त्री बनाउने माओवादीको तयारी छ। तर, टुङ्गो लाग्न बाँकी रहेको माओवादीले जनाएको छ।































प्रतिक्रिया