आज पनि कांग्रेसको पदाधिकारी बैठक

आज पनि कांग्रेसको पदाधिकारी बैठक

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका हुन् ।

सभापति देउवाले क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवादवारे छलफल गर्न बैठक बोलाएको पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्यसचिव पौडेलका अनुसार उक्त बैठक बिहान ११ बजेपछि देउवा निवास बुढानीलकण्ठमा बस्ने छ । समितिले देशभरका गरी कुल ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति देउवालाई बुझाएको छ ।

बारा, सप्तरी, धनुषा र सर्लाहीको नयाँ सदस्य वितरणको विवाद शीर्ष नेताहरुकै बीचबाट सुल्झाउन आग्रह गर्दै समितिले प्रतिवेदन बुझाएको छ । समिति सदस्य कल्याण गुरुङले नै प्रतिवेदनमा असहमति जनाएपछि विवाद बढ्न सक्ने अनुमान गरिएको छ ।

Logo