प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै माओवादीद्वारा आपत्ति

प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै माओवादीद्वारा आपत्ति

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ। विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको उल्लेख गरेको छ।

‘मन्त्रिमण्डल विस्तार’ र एमसीसी परीयोजनाबारे भ्रामक प्रचार भएकोप्रति केन्द्रले आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न मागसमेत गरेको छ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वहरुले माओवादीलाई बदनाम गर्ने उद्देश्यले मन्त्रिमण्डल विस्तारबारे कुप्रचार गरेको भन्दै त्यसमा संलग्नहरूलाई कडा कारवाहीको माग गरेका हुन्।

‘केही समययता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरूलाई बदनाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन्’, माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।’

आजै माओवादी पार्टीको नक्कली लेटरप्याड, प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा ‘मन्त्रिमण्डल विस्तार’ र एमसीसी परियोजना लगायत अनर्गल प्रचार गरिएको थियो।

Skip This
Skip This
Logo