जसपाको बैठक आज पनि बस्दै, ठाकुर पक्षलाई निष्कासन गर्न सक्ने सम्भावना

जसपाको बैठक आज पनि बस्दै, ठाकुर पक्षलाई निष्कासन गर्न सक्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ। 

जसपाको कार्यकारिणी समितिको बैठक मंगलबार पनि बसेको थियो। बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १ बजे सुरु भएको हो । आजको बैठकले सरकारमा सहभागिता र महन्थ ठाकुर पक्षका १६ जना नेतालाई के गर्ने विषयमा ठोस निर्णय लिने भएको छ। 

बैठकले ठाकुर पक्षका नेतालाई हटाउन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि आजको दोस्रो बैठक हो। यस अघि मंगलबार बसेको बैठकमा ठाकुर पक्षलाई निम्तो थिएन।

आज पनि उनीहरूलाई निम्तो नरहेको बुझिएको छ। ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले आफूहरुलाई निम्तो नरहेकाले बैठकमा नजाने बताए।

तथापि महन्थ ठाकुर पक्षले आफूहरु अझै जसपामै रहेको दावी गर्दै आइरहेको छ। जसपाले उनीहरुको बारेमा आज केही स्पष्ट पार्ने बुझिएको छ।

५१ सदस्यीय कार्यकारिणी समितिमध्ये १६ जनाले जसपाको आधिकारिकताको विपक्षमा मतदान गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए। जसपामा हाल ३४ सदस्यीय कार्यकारिणी समिति कायम रहेको छ।  

Skip This
Skip This
Logo