माधव नेपाल दोस्रो अध्यक्षको लोभमा फस्नु हुँदैनः मेटमणि चौधरी

माधव नेपाल दोस्रो अध्यक्षको लोभमा फस्नु हुँदैनः मेटमणि चौधरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न उनी पक्षका २२ सांसदले सुझाव दिएका छन्। अध्यक्ष ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिने भने पनि त्यसमा नफस्न प्रधानमन्त्री शेरबहादुर देउवालाई  साउन ३ मा विश्वासको मत दिएका एमालेका सांसदहरूले सुझाव दिएका हुन्।

प्रतिनिधिसभाको  साउन ३ को बैठकमा सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका नेपाली कांग्रेस सभापति देउवालाई विश्वासको मत दिएका २२ जना सांसदहरूको बैठक बुधबार साहना प्रधान स्मृति प्रतिष्ठानको हलमा बसेको थियो।

बैठकले एमालेका वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न सुझाव दिएको एमाले सांसद मटमणि चौधरीले केन्द्रबिन्दुलाई जानकारी दिए।

‘दोस्रो अध्यक्ष पार्टी एकताका लागि भन्दै ओलीले फ्याँकेको फन्डा मात्रै हो, विधानमा यसको परिकल्पना गरिएको छैन, त्यसैले हामी यो लफडामा पर्नु हुन्न, हामी ओलीसँग मिल्ने कुरा सोच्न पनि सक्दैनौं, आत्मसमपर्ण गरेर नजाऔं भनी सुझाव दियौं,’ चौधरीले भने। 

त्यस्तै बैठकमा उपस्थित १९ सांसदले सरकारमा जान र सरकारलाई सफल पार्न माधव नेपालको ध्यानाकर्षण गराएको सांसद चौधरीले जनाए। स्वास्थ्यमा समस्याका कारण तीनजना सांसद बैठकमा उपस्थित भएनन्। 

Skip This
Skip This
Logo