माधव नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार!

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार!

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएका छन्।

‘दोस्रो अध्यक्ष दिन्छु पार्टीमा आउनुहोस् भन्दै अध्यक्षले भने, हामी के गरौं भन्दै माधव नेपालले भन्नु भयो,’ नेपालको भनाइ उद्घृत गर्दै एमाले नेता मेटमणि चौधरीले केन्द्रबिन्दुलाई जानकारी दिए। साहना प्रधान स्मृति प्रतिष्ठानको हलमा माधव पक्षीय १९ सांसदको बैठक बसेको थियो।

‘दोस्रो अध्यक्षको प्रलोभनमा नफस्नुहोस् कसरी हुन्छ सरकारलाई सफल पार्नेतिर लाग्नुहोस्,’ सांसदहरुले सुझाव दिएका थिए। वरिष्ठ नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ साउनमा विश्वासको मत दिएका एमालेका २२ सांसदको बैठक बोलाए पनि ३ जना अनुपस्थित रहेका थिए।
 

Logo