प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयले जनाए अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची छ।
यस अघिका बैठकमा शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसदमा प्रवेश भएका छैनन्। संसदलाई गति दिने विषयमा बिहीबार सभामुख अग्नि सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको थियो।
दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसदको यो चौंथो बैठक हो।
साउन ३ गते बसेको बैठक ८ गते र १२ गते पनि बसेको थियो । पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए।































प्रतिक्रिया