एमालेमा मन्त्री बन्ने आकांक्षी धेरै छन्, तर हामी सरकारमा जाँदैनौंः दीपकप्रकाश भट्ट

एमालेमा मन्त्री बन्ने आकांक्षी धेरै छन्, तर हामी सरकारमा जाँदैनौंः दीपकप्रकाश भट्ट

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टले माधव नेपाल समूह पार्टीमा एकता कायम गर्न हरसम्भव प्रयत्नरत रहेको बताएका छन्।

‘पार्टीमा एकता कायम गरिनुपर्छ, पार्टी एकता हुन्छ, हामी सकारात्मक छौं, प्रयत्नरत छौं’, भट्टले केन्द्रबिन्दुसँग भने। भट्टसहितका २२ सांसदले ३ साउनमा पार्टीको ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

पार्टी एकता गर्नु नै थियो भने ९ जेठमा हस्ताक्षरसहित किन देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा रिट हाल्नु भयो र ३ साउनमा विश्वासको मत दिनुभयो भन्ने प्रश्नमा भट्टले भने, ‘प्रतिनिधिसभा बचाउन उक्त काम गरियो, संसद बाँच्यो, अब पार्टी बचाउन लाग्छौं।’

भट्टले माधव पक्ष सरकारमा सामेल नहुने पनि स्पष्ट पारे। आकांक्षी भएपनि अहिले सरकारमा नजाने उनको भनाइ छ।

‘संसद जोगाउनु थियो जोगायौं, अब सरकारलाई सफल बनाउने वा असफल बनाउने उहाँहरूको हातमा छ, हामी सामेल हँुदैनौं’, भट्टले केन्द्रबिन्दुसँग भने।

पार्टी एकताका लागि पहल भइरहेको र त्यसका लागि अध्यक्ष मण्डल बनाएर जाने वा माधव नेपाललाई कुन हैसियतमा राखेर जाने लगायत विषयमा पछिल्लो समय दोस्रो तहका नेताहरू सक्रिय भएर लागेको र छिटै निष्कर्षमा पुगिने उनले जानकारी दिए।

Logo