क्रियाशील सदस्यता विवादको बाँकी काम शीर्ष नेताहरूकोः कांग्रेस महामन्त्री खड्का

क्रियाशील सदस्यता विवादको बाँकी काम शीर्ष नेताहरूकोः कांग्रेस महामन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविन गर्न गठित समितिले समाधान गर्न बाँकी रहेको विवाद पार्टीको शीर्ष तहबाटै सुल्झिनुपर्ने बताएका छन्।

समितिले छोटो समयमा जतिसक्दो विवाद समाधान गरेको र बाँकी रहेको करिब ४ प्रतिशत विवाद शीर्ष तहबाटै छिटो सुल्झिनुपर्ने उनको जोड छ।

बिहीबारको पदाधिकारी बैठकले पनि समाधान हुन बाँकी रहेको विवाद टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिने निर्णय गरेको थियो।

सर्लाही क्षेत्र नम्बर २, धनुषा क्षेत्र नम्बर ४, रसुवा, सिन्धुपाल्चोकसँगै बारा र सप्तरीमा क्रियाशील सदस्यता बारेको विवाद छ। यी क्षेत्रहरूको विवादबारे शीर्ष नेताहरूले सहमति जुटाउनुपर्ने आवश्यकता रहेको महामन्त्री खड्का बताउँछन्।

‘क्रियाशील सदस्यता छानविनबारेको काम गर्न ५÷६ महिना आवश्यक हुन्थ्यो । तर, २÷३ महिनामा भएको छ र छोटो अवधिमा पनि ९६ प्रतिशत काम हुनु राम्रो हो’, उनले भने, ‘बाँकी विवादबारे शीर्ष नेतृत्व तहबाटै विवाद मिलाइनुपर्छ।’

विवादबारे शीर्ष नेताहरूबीच समझदारी भएको अवस्थामा पार्टीको निर्वाचन समितिलाई निर्वाचनसम्बन्धी काम अघि बढाउन सहज हुने पनि खड्काले बताए। 

Skip This
Skip This
Logo