नेकपा एमालेले शनिबारका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ। बैठकले माधव पक्षबारे छिनोफानो गर्ने आँकलन गरिएको छ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटीको बैठक पार्टीले बोलाएको जानकारी दिएका हुन्।
माधव पक्षले खडा गरेको उल्झनले पार्टी गतिविधि अघि नबढेको एमाले वृत्तमा चर्चा हुँदै आएको छ । त्यसैकारणले शनिबारको स्थायी कमिटी बैठकलाई चासोपूर्वक हेरिएको छ।
त्यस्तै बैठकमा पार्टीको आगामी महाधिवेशनमा पनि केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ।
माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन एमालेले चाहिरहेको छ।































प्रतिक्रिया