अध्यक्ष ओलीले राजीनामा नदिए छुट्टै पार्टी बनाउने माधव पक्षका २२ सांसदको अडान

अध्यक्ष ओलीले राजीनामा नदिए छुट्टै पार्टी बनाउने माधव पक्षका २२ सांसदको अडान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पछिल्लो समय तेहोरो भूमिकामा देखिएको छ।

आफ्नै पार्टीमा एकताको प्रयास गरेजस्तो पनि उक्त पक्षले गरिरहेको छ भने सत्ता गठबन्धनमा पनि उपस्थित भएर हरेक राजनीतिक निर्णयमा समर्थन दिँदै आएको छ त्यस्तै नयाँ पार्टी गठन गर्न पनि उक्त पक्ष भित्ररुपमा सक्रिय भएर लागेको पाइएको छ।

केही दिन यतादेखि माधव नेपाल पक्ष एमाले पार्टीमा पद र स्थानको बाग्रेनिङ पनि गरिरहेको छ । सत्ता गठबन्धनमा कुन मन्त्रालय लिने र कसलाई मन्त्री बनाउने भन्नेमा पनि उत्त पक्ष छुटेको छैन र नयाँ पार्टी गठनका लागि लविङ पनि गरिरहेको छ।

माधव पक्षकै नेता मेटमणि चौधरी आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेसँगै उक्त समूह विभिन्न विकल्पमा लागेको देखिएको हो।

सांसद चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफूहरुले त्यो रिस्क मोल्न नचाहेको पनि स्पष्ट पारे।

‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं’, चौधरीले भने, ‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने केपी ओली नै नेकपा एमालेको अध्यक्ष भइराख्ने हो भने हाम्रो आफ्नै आँखा अगाडि हेर्दाहेर्दै नेकपा एमाले समाप्त हुन्छ।’

माधव पक्षका नेता चौधरीले केही दिनमै सरकारमा सहभागी हुने पनि स्पष्ट पारे। त्यसो त माधव समूहले मन्त्रालय र मन्त्रीको टुंगो नदिँदा हालसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

यसैबीच चौधरीले ६ वटा मन्त्रालयसहित सरकारमा जाने दाबी गरे। ‘आउने हप्तासम्म सरकारमा सहभागी भइसक्छौं, ६ मन्त्रालयसहित हामी सरकारमा सहभागि हुन्छौं,’ चौधरीले भने।

त्यस्तै चौधरीले पार्टी एकताका लागि केपी शर्मा ओलीले संसदीय दल र अध्यक्षबाट राजीनामा दिनुपर्ने बताए।

‘केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाउनुपर्छ र हटाउन सकेनौं भने नेकपा एमालेलाई जोगाउन सक्दैनौं, पार्टी एकता हुन सक्दैन। त्यो त तयारी हुनुपर्छ । र, हामी प्रयास गरिरहेका छौं।’

सांसद चौधरीले आफूहरु अहिले बलियो राष्ट्रिय सरकार बनाउनु पर्ने पक्षमा रहेको पनि बताए। ‘राष्ट्रिय सरकारले १७ महिना नेतृत्व गर्छ, बजेट ल्याउँछ र चुनाव गराउँछ,’ उनले भने।

Skip This
Skip This
Logo