माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक सारेकाे छ। पछिल्लो राजनीतिक परिस्थितिका कारण समय लिनुपरेकाले साउन ३० गतेका लागि माओवादीले बैठक सारेकाे हाे।
यसअघि साउन २० गते बस्ने गरि बैठक बाेलाइएकाे थियाे।
बैठक सारिएकाे अवधिसम्ममा सबै वडा कमिटी गठन गरी कमिटीको विवरण अद्यावधिक गरेर सम्बन्धित प्रदेशबाट केन्द्रीय कमिटीमा पठाउनेबारे निर्णय गरेकाे छ।
बैठकमा अध्यक्ष पुषपकमल दाहाल `प्रचण्ड´ले पार्टीकाे सांगठनिक संरचनासम्बन्धी प्रतिवेदन पेस गर्नेछन्।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर संगठन वडास्तरसम्म बनाउँदा माओवादीले भने बल्ल सांगठनिक संरचनाबारे छलफल मात्रै गर्न लागेकाे छ।





























प्रतिक्रिया