नेकपा एमालेको विवाद जटिल बन्दै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको आन्तिरिक टकरावका कारण विवाद जटिल बन्दै गएको हो।
नेकपा एमालेको विवाद निरुपण गर्न प्रयास नभएको भने होइन, पार्टीका दोस्रो तहका नेताहरू दिलो ज्यान दिएर विवाद निरुपण गर्न लागिरहेका छन्।
पछिल्लो समय पनि उनीहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयलगायत विभिन्न स्थानमा बैठक बसेर पार्टी एकता कायम गर्न प्रयासरत देखिएका छन्। तथापि, उनीहरू निचोडमा भने पुग्न सकेका छैनन्। उनीहरूले अहिले पनि विवाद निरुपण गर्न नसक्नुको कारण हो–अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको धमिलिएको सम्बन्ध।
विघटित कार्यदलका सदस्यहरू ओली नेपालको संवाद गराउन चाहन्छन् तर, दुवै पक्षका शीर्ष नेतृत्व त्यो मान्न तयार छैनन्। सार्वजनिक समारोहमा दुई शीर्ष नेताहरूको अभिव्यक्तिबाटै थाहा हुन्छ, उनीहरू कति रुष्ट छन् एक अर्काप्रति भनेर।
अध्यक्ष ओलीले आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै पार्टीका केही बिग्रिएका तत्वहरूले गर्दा प्रतिगामीको सरकार बन्ने स्थिति आएको बताएका थिए।
त्यसको एक दिनअघि काठमाडौं जिल्लाको बैठकलाई सम्बोधन गर्दै माधव नेपाल देशद्रोही रहेको र कम्युनिष्ट आन्दोलन उनले सखाप बनाउन लागेको आरोप ओलीले लगाएका थिए। बताए।
माधव नेपाल पनि ओलीसँगसँगै आरोप–प्रत्यारोप र खण्डनमा उत्रिरहेका छन्। उनले पनि अध्यक्ष ओलीलाई पदलोलुप, स्वार्थी, अहंकारी, आन्दोलन समाप्त पार्ने दम्भी नेता भन्दै यस्ता कुपात्रको पछि नलाग्ने बताउँदै आएका छन्।
उनीहरूको दुवै जनाको जुहारीले एक अर्काप्रति नझुक्ने, जे परि आउँछ् त्यहि टर्छ भन्ने लय देखिएको छ।
आखिर के चाहन्छन् माधव नेपाल?
माधव नेपाल ओलीसँग ‘वान टु वान’ वार्ता गर्न नचाहनु, कार्यदलले सुझाएको एकता प्रतिवेदन नेपालसहित उनीनिकट विचार समूहले स्वीकार नगर्नु, पार्टीको स्थायी तथा केन्द्रीय बैठक बहिष्कार गरी सत्ता गठबन्धनको बैठकलाई प्राथमिकता दिनु, पार्टी अध्यक्षभन्दा माओवादी केन्द्रसँग बढी सामीप्यता किन राख्नु आदि कारणले दुई पक्षबीच दूरी बढिरहेको छ। अर्कोतर्फ ओलीले पनि नेपालविरुद्घ आक्रामक अभिव्यक्ति दिन छाडेका छैनन्।
यही प्रश्न हामीले माधव नेपालनिकट सांसद निरादेवी जैरुसँग राख्यौं। प्रत्युत्तरमा पालले माधव नेपाल पक्ष अहिले पनि पार्टी एकताका लागि सकारात्मक रहेको प्रतिक्रिया दिइन्।
‘हामी पार्टी एकताकै पक्षमा छौं, हाम्रो भनाइ पार्टी एकता कायम हुनुपर्छ भन्ने हो। तर, पार्टी एकतामा नाममा अरूले गरेका गल्ती, कमीकमजोरीलाई आफ्नो शिरमा लिएर हिँड्न सकिंदैन्,’ उनले भनिन्। एमाले एकताको सम्भवना अझै बाँकी रहेको उनको भनाइ छ।
सांसद पाल भन्छिन्, ‘अहिले पनि पार्टीमा एकता कायम हुन सक्छ। तर, पुस ५ र जेठ ८ किन र कसका कारणले निम्तियो त्यसको समीक्षा हुनु पर्छ कि पर्दैन? पार्टी अध्यक्षलाई थाहा हुँदाहुँदै अरुको स्वामित्वमा रहेको पार्टीको नाम राखेर किन एकता गरियो? यसबारे बहस गर्ने कि नगर्ने? पार्टीमा अल्पमतमा परेपछि बृहत पार्टी नेकपा किन फुटाइयो र, त्यस बेलाको सर्वोच्चको फैसलालाई दीप प्रज्वलन र परमादेशबाट प्रधानमन्त्री चुन्दा त्यही सर्वोच्च तथा माधव नेपालको किन पुत्ला जलाइयो? यो कुराको समीक्षा नहुँदासम्म पार्टी एकता हुँदैन। अहिले माधव नेपालले खोज्नुभएको उत्तर यही हो।’
त्यस्तै, जैरुले आफूहरू कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर मन्त्री पद खान नजाने बताइन्। माओवादी केन्द्र अध्यक्षले आफ्नो स्थायी कमिटीमा बोलेको कुरालाई अतिरञ्जित पारिएको उनको तर्क छ।
‘प्रचण्डले आफ्नो बैठकमा के कुरा रिपोर्ट गर्नुहुन्छ, त्यसले हामीसँग अर्थ राख्छ र, हामी के चाहन्छौं, के भन्छौं, त्यो पो कुरा महत्वपूर्ण हो,’ नेतृ जैरुले भनिन्, ‘प्रचण्डले केही एमाले नेता मन्त्री माग्न आए भन्नुभएछ, मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएँ, हामी त्यसरी जाँदैनौं, सरकारमा गएर काम गर्नुपरे राष्ट्रिय सहमतिको सरकार बनाएर काम गर्छौं।’
वरिष्ठ नेता नेपालले दोस्रो अध्यक्ष, पावर सेयरीङ, बरावर हैसियत माग्नुभयो भन्ने कुरा बजारमा चर्चा भए पनि त्यतिमात्र बटमलाइन नभएको उनको धारणा छ। ‘हामी नवौं महाधिवेशनले निर्दिष्ट गरेको बाटोमै हिँड्छौं। तर, त्यसका लागि पार्टी अध्यक्षले हामी आउने बाटो बनाउनुपर्छ, त्यो भनेको जेठ २ अघिको संरचना हो,’ सांसद जैरुले थपिन्।































प्रतिक्रिया