नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थीद्वारा भारतीय राजदूतावासअगाडि प्रदर्शन

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थीद्वारा भारतीय राजदूतावासअगाडि प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । 

अखिल क्रान्तिकारीले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको वास्तविकता छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दै लैनचौरस्थित भारतीय राजदूताबासअगाडि प्रदर्शन गरेको हो। भारतले पटक–पटक नेपाल र नेपालीमाथि ज्यादती र दुव्र्यवहार गरेकाले भारतीय ज्यादती विरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए। 

प्रदर्शनकारीले सिमा अतिक्रमण बन्द गर, जयसिंह धामी बेपत्ताको छानविन गर, सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, लिपुलेक लिम्पियाधुरा, कालापानी हाम्रै हो, भारतीय विस्तारवाद मुर्दावाद लगायतका नाराबाजी समेत गरेका थिए।

 

Logo